रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकीको काममा ढिलाइ : समयसीमा सकियो, काम ४५ प्रतिशत मात्रै

 कात्तिक १४, २०७७ शुक्रबार १३:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आईसीपी) को ४५ प्रतिशत मात्रै काम सकिएको छ ।

गएको असारमा निर्माणको समय सीमा सकिएको भए पनि आईसीपी निर्माणको काम बल्ल ४५ प्रतिशत भएको हो । नाकामा आयात निर्यात हुने सामग्रीको जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि २०७५ पुसदेखि निर्माण कार्य सुरु भएको थियो ।

कानुनी प्रक्रिया, ट्रान्सफर्मर व्यवस्थापनमा ढिलाइ, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, रसुवागढी नाकामा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आईसीपी) को ४५ प्रतिशत मात्रै काम सकिएको छ । नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको निर्माण आयोजनाका व्यवस्थापक योगेन्द्र तुम्बाहाङ्फेले बताउनुभयो ।

‘अहिले साइडमा ३२ जनाले काम गरिरहेका छन्’, उहाँले भन्नुभयो,‘१८ महिना समय थप गर्नका लागि प्रक्रिया अघि बढाएका छौं ।’ आईसीपी निर्माणको काम ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनले गरिरहेको छ । पाँच तले भवन निर्माणका लागि झण्डै ६२ करोड खर्च हुनेछ ।

भवनमा भन्सार, अध्यागमन, क्वरेन्टीन र सुरक्षा निकाय रहनेछन् । रसुवागढी नाकापारि चीनतर्फ सम्पूर्ण काम एकै ठाउँबाट हुँदै आएको भए पनि नेपालतर्फ आईसीपी नबन्दा समस्या सिर्जना हुँदै आएको छ । एकीकृत जाँच चौकीको अभावमा कार्यालयहरू विभिन्न ठाउँमा छरिएर रहेका छन् ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया