बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
जाजरकोट - जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
आज बिहान सल्यानको सल्लीबजारबाट जाजरकोटको कुशे गाउँपालिका-६ का लागि छुटेको भे १ त ८३१४ ट्र्याक्टर जाजरकोटको छेडागाड नगरपालिका-१० को धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका रामबहादुर सिंहको ज्यान गएको प्रहरीले जनाएको छ ।
सल्ली बजारबाट स्थानीय उपभोक्ता समितिमार्फत निर्माण भइरहेको सडक निर्माणमा डोजरको लागि चाहिने डिजेल बोकेर गएको ट्र्याक्टर दुर्घटनामा परेको हो । जाजरकोटमा नेपाल आयल निगमको पेट्रोल पम्प नहुँदा सल्ली बजारबाट तेल ढुवानी गरिँदै आएको छ ।