डोटीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

 साउन २७, २०७५ आइतबार ११:५९:५१ | उज्यालो सहकर्मी

डोटी – दिपायल सिलगढी नगरपालिका–७ लेक पाँकरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएकाे छ ।
 
आइतबार बिहान भालुको आक्रमण बाट पाँकरी ७ लेक गाउँकी २२ वर्षीया हिरा बिष्ट घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय हिक्मत बिष्टले जानकारी दिनुभयो ।

घाइते महिलाको जिल्ला अस्पताल सिलगढी डोटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनु भयो ।

घाइते महिलाको टाउको, मुख र घाटीमा चोट लागेको छ । डोटीमा बर्सेनि जंगली भालुको आक्रमणबाट दर्जनौँ स्थानियहरु घाइते हुँदै आएका छन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया