इन्टरनेशनल च्याम्पियन्स कपको उपाधि टोटनह्यामकाे पाेल्टामा

 साउन २७, २०७५ आइतबार १३:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रि–सिजनको इन्टरनेशनल च्याम्पियन्स कपको उपाधि इंग्लिस क्लब टोटनह्यामले जितेको छ । 

रोमामाथि ४–१ र एसी मिलानमाथि १–० को जित हात पारेको टोटनह्यामले जर्मन क्लब बोरसिया डर्टमण्ड र इटालियन क्लब इन्टरमिलानलाई पछि पार्दै उपाधि जितेको हो ।

प्रतियोगिताको अन्तिम खेलमा इन्टरमिलानले एट्लेटिको मड्रिडलाई १–० ले हराएपछि टोटनह्यामले सन् २००८ पछिको पहिलो मुख्य उपाधि जितेको हो ।

१७ टिम सहभागी प्रतियोगितामा प्रत्येक टिमले तीन–तीन खेल खेलेका थिए । टोटनह्यामले २ खेलमा जित हात पारेको थियो । 

बार्सिलोनासँग भने निर्धारित समयमा २–२ गोलको बराबरी भएपनि पेनाल्टी सुटआउटमा भने पराजित भएको थियो ।

उपाधि जित्नका लागि इन्टरमिलानलाई चार भन्दा बढी अन्तरको गोलको आवस्यकता थियो । तर १–० को जितका कारण टोटनह्याम विजयी भएको हो ।
इन्टरनेशनल कपको यो छैटौं संस्करण थियो । 

यसअघि पीएसजीले दुई उपाधि जितेको थियो भने बार्सिलोना, म्यान्चेष्टर युनाइटेड र रियल मड्रिड एक एक पटक च्याम्पियन बनेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया