विराटनगर महानगरपालिकामा मेयरको कार्यकक्ष अगाडि बम विष्फोट

 साउन २७, २०७५ आइतबार १४:५२:५४ | उज्यालो सहकर्मी

मोरङ – विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष अगाडि बम विष्फोट भएको छ ।

मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बम विष्फोटबाट मेयरको गाडीको शिशा फुटेको प्रहरीले जनाएको छ ।

विष्फोटपछि प्रहरीले महानगरपालिकालाई घेरा हालेको छ । विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कसले किन विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया