दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको समीक्षा कार्यक्रममा अर्थमन्त्री पौडेलले बुधबार आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनाको काम प्रभावकारी रुपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि बताउनुभयो ।
खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराउनुभएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट कार्यान्वयन, विशेष गरी पुँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम गरिएको होे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
SUSHIL
Nov. 11, 2020, 1:55 p.m.यो आयोजना राष्ट्रिय गौरब नै रहेछ नि ....३ दशकमा सकिनेलाई राष्ट्रिय गौरबको आयोजना भन्दा रहेछन / अझै थाहा छैन, हामीले पीण्ड खानेबेला आउने हो कि , त्योभन्दा चाँडो !!