निर्वाचन मिति कानुनमै व्यवस्था गर्न निर्वाचन आयोगको आग्रह

 साउन २७, २०७५ आइतबार १७:५८:२७ | उज्यालो सहकर्मी

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्नेलगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धी समस्या स्वतहः समाधान हुने पनि स्पष्ट पार्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित ‘नेपालको निर्वाचन कानुनी संरचना’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्ने आयोगको अडान पनि दोहोर्‍याउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त यादवले खर्च कम हुने उल्लेख गर्दै मतदान स्थलमै मतगणना हुने कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन अपराध अदालत गठन गर्न सरकारलाई सुझाव दिनुभयो । सरकार र निर्वाचन आयोगलाई विवादमा आउन नदिन पनि निर्वाचनको अपराध हेर्न निर्वाचन अपराध अदालत गठन गर्न आवश्यक रहेको उहाँको तर्क थियो ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तद्धय सुर्यप्रसाद श्रेष्ठ र निलकण्ठ उप्रेतीले निर्वाचन कानुन सुधारको आवश्यक्ता र औंचित्यको बारेमा प्रकाश पार्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया