सिन्धुलीगढी विजयोत्सव मनाइँदै

 कात्तिक २४, २०७७ सोमबार ११:१४:४६ | रासस
unn.prixa.net

सिन्धुली - सिन्धुली यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । 

विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो । नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिनुभयो । 

नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उहाँको भनाइ छ । विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उहाँले जानकारी दिनुभयो । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उहाँको भनाइ छ । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताउनुभयो । यसपटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

विसं २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो ।​ सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासङ्घले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन सुरु गरेकोे थियो । 

त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । पालिकाको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kamala Kant Lamsal

    Nov. 9, 2020, 11:47 a.m.

    बर्तमान अवस्थामा नेपाली जनताको भावनामा चोट पुग्ने गरी, नेपाल र नेपालीको हितमा काम गर्ने शाहबंशीय परम्परा र देशको संरक्षक को भूमिका अलग्याएर, सत्ता हत्याउने पार्टी हरूको जनभावना बिपरीत ब्रह्मलूट र देशको भविष्य प्रतिको गैरजिम्मेवार अकर्मण्यता का कारण संकटमय अवस्थामा पुगिसकेको हुॅदा विजयोत्सव को औचित्य ले कति महत्व राख्ने होला ******? धन्ने लोकतान्त्रिक गणतन्त्र को उपलब्धि । जयश्री पशुपतिनाथ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया