आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द : डिजिटल बैंकिङ्ग र एटीएम सेवा सञ्चालन हुने

 कात्तिक २९, २०७७ शनिबार ८:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् ।

तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमित शाखा खोलेर बै‌ंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताउनुभएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।

संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया