पाल्पा जीप दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या दुई पुग्यो

 साउन २८, २०७५ सोमबार १०:८:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा - तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

उपचारको क्रममा आइतबार बिहान तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनासकाली गाउँपालिका ३ का ९ महिनाको निसान बस्यालको उपचारको क्रममा आइतबार नै ज्यान गएको थियो ।

ग १ च ६७४८ नम्बरको राेकिराखेकाे पिकअप जीप घिस्रिएर दुर्घटना हुँदा घाइते भएका बगनासकालि गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्याल र नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारीको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया