धनुषामा श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने एक पक्राउ, घाइतेलाई काठमाण्डौ ल्याइँदै

 कात्तिक २९, २०७७ शनिबार १४:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषामा – धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने सञ्जीव साह पक्राउ परेका धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिनुभयो ।

उनीहरु केही समयदेखि छुट्टाछुट्टै बस्दै आएका र शनिबार बिहान श्रीमतीको कोठामा पुगेर सञ्जीवले दुवै जनालाई एसिड प्रहार गरेका र घटना भएको केही समयमै उनलाई पक्राउ गरिएको एसपी बस्नेतले जानकारी दिनुभयो ।

अहिले पीडितहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र थप उपचारका लागि काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । आरती साहको अनुहारसहित पेट र छातीलगायत शरीरको विभिन्न भागमा एसिड लागेको र छोरीको टाउको तथा बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया