आज राष्ट्रिय कफी दिवस : कफीको समायोजन मूल्य लागू

 मंसिर १, २०७७ सोमबार ९:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य साेमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् साेमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो ।

उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६/७७ मा फ्रेस चेरी ग्रेड 'ए' को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, फ्रेस चेरी ग्रेड 'बी' को मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम गरिएको थियो । पार्चमेन्ट कफी ग्रेड 'ए' को प्रतिकेजी ४ सय २५ र ग्रेड 'बी' को मूल्य प्रतिकेजी ३ सय ७५ तोकिएको थियो ।

मध्यपहाडी क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, ललितपुरलगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात भएको छ ।

हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसका दिन मूल्य सार्वजनिक गर्दै आएको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ तय गरिएको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया