केही नेवार समुदायले आज भाइटीका लगाउँदै

 मंसिर २, २०७७ मंगलबार ६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केही नेवार समुदायले आज (मङ्गलबार) भाइटीका लगाउँदै छन् । हिजो (साेमबार) म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।

आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका हुन् । नेपाल सम्वतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मा पूजा गर्ने परम्परा शास्त्रीय भएको समितिका सदस्य कीर्तिमदन जोशीले बताउनुभयो ।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ । तर यसपाली आज बिहान पनि केही समय द्वितीया तिथि रहेकाले आज भाइटीका लगाउनेहरूका लागि पनि मन्दिर खुला गरिएको हो । बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म नै मन्दिर खुला रहने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया