सुर्खेत र विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियाे अनुमति

 मंसिर ५, २०७७ शुक्रबार १७:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सुर्खेत विमानस्थल र विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सुर्खेत विमानस्थलका लागि ३० बिघा र विराटनगर विमानस्थलका लागि एक सय २६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो ।

विमानस्थल विस्तारका लागि सङ्घ, प्रदेश र पालिका सरकारबीच सम्झौता भइसकेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

यस्तै सरकारले १५ करोड अमेरिकी डलर अर्थात् १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गएको कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

यसका साथै मन्त्रिपरिषद् बैठकले सहलगानी सम्बन्धी कार्यविधि २०७७ र व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । अब पालिका तहको गौरवको आयोजना छ भने प्रदेश र सङ्घले पनि लगानी गर्न सक्ने छन् । तीनै तहको सरकारबीच समन्वय र सहकार्य गर्न सहलगानी सम्बन्धी कार्यविधि पारित गरेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया