चाणक्य कलेज पछाडि पुरुषको शव फेला

 साउन २८, २०७५ सोमबार १६:५६:५७ | उज्यालो सहकर्मी

भक्तपुर – मध्यपुरथिमी नगरपालिका –४, चाणक्य कलेज पछाडि हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ ।

बनेपा नगरपालिका १४ घर भई हाल भक्तपुर नगरपालिका भत्केको पाटीमा बस्ने ४२ वर्षीय शंकर तामाङको शव आज दिउँसो खोलामा भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । 

आज दिउँसो खोलाले शव बगाएर ल्याई खोलाको किनारामा अड्किएको अवस्थामा भेटिएको जानकारी दिँदै उहाँले पोष्टमार्टमका लागि शव भक्तपुर अस्पताल पठाएर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया