नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच दुई देशको सम्बन्धबारे छलफल

 मंसिर ८, २०७७ सोमबार १३:५४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउयान्छीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच दुई देश र दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धबारे छलफल भएको छ । भेटका क्रममा राजदूत यान्छीले अध्यक्ष प्रचण्डलाई चीनका राष्ट्रपति सी जिनपिनले लेखेको पछिल्लो किताब उपहार स्वरुप दिनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे भने खासै छलफल नभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया