स्कुल बस दुर्घटना : चौध विद्यार्थी घाइते

 साउन २८, २०७५ सोमबार १८:०:२१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – स्कुल बस दुर्घटना हुँदा चौध विद्यार्थी घाइते भएका छन् ।

घाइतेमध्ये ११ जनालाई इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापा लगिएको छ । इलाम नगरपालिका–१, साँखेजुङमा विद्यार्थी बोकेको स्कुल बस सोमबार दुर्घटना हुँदा सवार १४ विद्यार्थी घाइते भएका हुन् ।

तीनजना विद्यार्थीको इलाम अस्पतालमा इलाममा उपचार भइरहेको छ भने बाँकी ११ जना विद्यार्थीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बीएण्डसी  अस्पताल पठाइएको छ । विद्यार्थीको टाउको, जीउ र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

आशादीप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विद्यार्थी बोकेर विद्यालयतर्फ जाने क्रममा रक्सेमा दुर्घटना भएको थियो । विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा सडकबाट बस पल्टिएर तल झरेकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

दुर्घटनामा ३ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरु घाइते भएका छन् । बसमा २६ जना विद्यार्थी सवार रहेको प्रारम्भीक जानकारी प्रहरीले दिएको छ । देउमाइ नगरपालिका–१, का ३८ वर्षका बस चालक दीलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

3 Comments

  • ishwar bhandari

    Aug. 13, 2018, 9:37 p.m.

    naya naya news ko lagi dhnyabad tra satya ghatna lai matra uploads grnu hola thanks

  •  0 Reply
  • Suman bhandari

    Aug. 13, 2018, 8:25 p.m.

    boarding ka gadi ma atyadhik bachcha kochne chalan banda garna lagaiyos sarkar

  •  0 Reply
  • दुखद खबर

    Aug. 13, 2018, 6:15 p.m.

    फेरि नदाेहाेरियाेस

  •  0 Reply

तपाईको प्रतिक्रिया