ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट जनवरी २० मा बाइडेनलाई हस्तान्तरण गर्ने

 मंसिर ८, २०७७ सोमबार १४:३०:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिकाे खाता (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् । 

ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्ना पोस्टहरु लेख्न प्रयोग गर्दछन् । 

‘ट्विटरले २० जनवरी, २०२१ मा ह्वाइट आउसको संस्थागत खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारी गरिरहेको बताएको छ । हामीले २०१७ मा पनि राष्ट्रपति परिवर्तनका क्रममा यस्तै गरेका थियौँ, यो प्रक्रिया राष्ट्रिय अभिलेख र पहिलेका रेकर्डका साथ घनिष्ठ परामर्शका साथ भइरहेको छ’, कम्पनीले समाचार संस्था रोयटर्ससँग भनेको छ । 

ट्विटर, फेसबुकले अन्य संस्थागत ह्याण्डलहरु :– ह्वाइट हाउस, उपराष्ट्रपति र पहिलो महिलाका लागि पनि उद्घाटन दिवसमा हस्तान्तरण गर्ने जनाएका छन् ।     

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया