वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
महोत्तरी – प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले सधारण तारेखमा रिहा गरेको छ ।
सोमबार बिहानको समयमा अदालतमा आत्मसम्पर्ण गरेका राज्यमन्त्री शर्मालाई महोत्तरी जिल्ला अदालतको १ नम्बर बेन्चले साधारण तारेखमा रिहा गरेको हो । जिल्ला अदालत महोत्तरीका मुख्य न्यायाधिश व्रजेश प्याकुरेलको इजलासले २ बजेसम्म बयान लिएको र बयानसम्पन्न भएलगतै थुनछेक बहस भएको थियो ।
सशस्त्र प्रहरीका असई थमन बिकको हत्याको आरोपीलाई पक्राउ गर्नका लागि उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको थियो । सो परमादेश जारी भएको सोमबार १३ औं दिनमा राज्यमन्त्री शर्मा अदालतमा उपस्थित भई आत्मसम्पर्ण गरेका हुन् ।
मधेश आन्दोलन जारी रहेको समयमा गएको भदौ २५ गते घाइते अवस्थामा रहेको सशस्त्र प्रहरीका असई बिकलाई एम्बुलेन्समार्फत उपचारको लागि जनकपुर ल्याउँदै गरेको अवस्थामा एम्बुलेन्सबाट थुतेर बिकको हत्या गरिएको थियो ।