झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
पाल्पा – ६० वर्षीय एक वृद्धालाई बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने दुई महिला पक्राउ परेका छन् ।
निस्दी गाउँपालिकाकी ६० वर्षीय महिलालाई बोक्सीको आरोप लगाउँदै दुब्र्यवहार गरेको भन्दै बिनय त्रिबेत्री गाउँपालिका वडा नम्बर ३ धारादी नवलपरासी ३ की १६ तमसरी सिंजाली, मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ नवलपरासीकी १८ वर्षकी गीता कामुलाई सोमबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गएको १२ गते दिउँसो बोक्सीलगायतको भन्दै ती वृद्धालाई उनीहरुले गाउँलेको बीचमा सार्वजनिक गालीगलोच गरेका थिए । वृद्धालाई गालीगलोच र दुब्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरीले घटनामा संलग्न दुई महिलालाई पक्राउ गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।