वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय ...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिने इरानले चेतावनी दिएको छ ।
इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको आरोप लगाउनुभएको छ ।
एक महत्वपूर्ण व्यक्ति गुमाएको इरान शोकमा डुबेको भन्दै उहाँले घटनामा जो कोही संलग्न रहे पनि बदला लिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
इरानी सेनाले पनि फखरीजादेहको हत्या आधुनिक विज्ञानमा आँच पुर्याउने काम भएको प्रतिक्रिया दिएको छ ।
राजधानी तेहरान नजिकैको सहर अवसार्डमा इरानको शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको थियो ।
घटनामा चार जना बन्दुकधारी पनि मारिएका छन् । तर इजरायलले अहिलेसम्म फखरीजादेह हत्या आरोपको कुनै खण्डन गरेको छैन ।
इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिकको पनि हत्या भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।