कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्डको कालोपत्रे गर्ने काम शुरु

 मंसिर १३, २०७७ शनिबार १९:१६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ को रिडीमा कालोपत्रे गर्ने कामको शुभारम्भ गर्नुभएको हो । कालिगण्डकी करिडोर सडक योजना अन्तर्गत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ ।

मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर देशकै समृद्धिको मार्ग भएको बताउँदै भारत र चिन जोडने करिडोरले बीचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया