यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह

 मंसिर १७, २०७७ बुधबार ९:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले अनुरोध गरेको हो । 

यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति र संस्था संलग्न भएकोप्रति ध्यानकर्षण गर्दै विभागले गैरकानुनी रुपमा श्रमिक पठाउने काम नगर्न र नगराउन पनि आग्रह गरेको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उजुरी पर्न थालेको छ । 

भिजिट भिसामा परदेश गएर काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनपर्छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया