पाल्पा बस दुर्घटना अपडेट: २५ विद्यार्थी सामान्य, ३ मध्यम; चालक र सहचालक खतरामुक्त

 साउन २९, २०७५ मंगलबार ११:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा- विद्यालयको बस दुर्घटना हुँदा पाल्पामा १५ विद्यार्थी र चालक घाइते भएका छन् ।

रिभर भ्याली बोर्डिङ्ग स्कूल दमकडा पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली गाउँपालिका १ चिर्तुङधारा नजिकैको पिप्लेमा बिहान पौने १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा चालक रिखिराम खाम्चासहित १५ विद्यार्थी घाईते भएका हुन् । घाईते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको स्थानीय पत्रकार तिल बहादुर गाहाले जानकारी दिनुभयो ।

बसमा २७ जना विद्यार्थी रहेको जनाइएको छ । बसका चालक र सहचालक पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

चिप्लो बाटोमा गाडी पल्टिएको स्थानीयले जनाएका छन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया