पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

 साउन २९, २०७५ मंगलबार १३:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पाकिस्तानले आज आफ्नोे ७१ औ स्वतन्त्रता दिवस मनाएको छ । प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । 

नेपालमा रहेको पाकिस्तान दूतावासले पनि विभिन्न कार्यक्रमहरु गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । 

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौंमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा पुगेका थिए ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया