दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुकाे बजारको सुनिश्चितता सरकारले गर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाण्डौमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताउनुभएको हो । सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने उहाँकाे भनाइ थियाे ।
यस्तै किसानहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफै बजारको स्थापना गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि उहाँले बताउनुभयो ।
अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान सुरु भइसकेको मन्त्री अर्यालले दाबी गर्नुभयाे । सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि उहाँले बताउनुभयो ।
सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजान सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादीको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।