७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि

 मंसिर २२, २०७७ सोमबार १५:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार (हिजो) नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै कारोबार बन्द भएको शेयर बजार सोमबार भने झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो । 

सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, निर्जीवन बीमाको ४ सय  ५, उत्पादन समूहको २ सय २४, व्यापारको १ सय ३०, माइक्रो फाइनान्सको १ सय २७, जलविद्युतको ९८, अन्यको ८०, होटलको ६० र बैंकिङ समूहको शेयर ३१ अङ्कले बढेको छ । 

सोमबार दुई सय ६ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । 

सोमबार रसुवागढी हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तर समग्र बजार बढे पनि एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ताले दुई प्रतिशत गुमाएका छन् ।    

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया