मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहले हत्या गरेको आशंका

 मंसिर २३, २०७७ मंगलबार १२:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङको मिक्लाजुङमा एकजना शिक्षकको हत्या भएको छ ।

बिहान ५ बजे पहिचान नखुलेको समूहले मोरङको मिक्लाजुङ-१ रमितेको बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख सरला राईले जानकारी दिनुभयो । ६-७ जनाको समूहमा आएका मानिसहरुले शिक्षक श्रेष्ठको हत्या गरेको उहाँले बताउनुभयो ।

हातहतियारसहित आएको समूहले शिक्षक श्रेष्ठलाई गोली प्रहार गरेको स्थानीय बासिन्दालाई उदृत  गर्दै उपप्रमुख राईले बताउनुभयो । बिहान भएको घटनापछि गएको प्रहरी टोली दिउँसो १२ बजेसम्म पनि घटनास्थलमा पुगेको छैन । घटनास्थल मोरङको दुर्गम बस्तीमा पर्छ । 

घटनास्थल पुग्न रमितेखोलाबाट हिँडेर ३ देखि ४ घण्टा लाग्छ । घटनास्थलमा प्रहरी पुगेपछि मात्रै थप जानकारी आउने मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो । शिक्षक श्रेष्ठको विप्लव समूहले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया