६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ

 मंसिर २४, २०७७ बुधबार ९:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेकाे थिए ।

परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए । तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने तर अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताउनुभएको छ ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया