सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौको कलंकीमा पाँचसय रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई फकाउन खोज्ने बसका सह-चालक पक्राउ परेका छन् ।
खड्कुले पुल सडक-खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ४० ७६ नम्बरको बसका सह-चालक राजु लामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
गाडी रोक्न निषेध गरिएको ठाउँमा बस रोकिएपछि ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा सह-चालक लामाले ५ सय रुपैयाँ दिएर ट्राफिक प्रहरीलाई फकाउन खोजेका थिए । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाव कलंकीमा बुझाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।