भारतलाई बिजुली बेच्ने एजेण्डासहित दुई देशबीच सचिवस्तरीय बैठक सुरु

 मंसिर २५, २०७७ बिहीबार १४:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ : नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार सुरु भएको भर्चुअल बैठकमा विद्युत् व्यापार, वितरण र प्रसारण लाइनको विषय मुख्य एजेण्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जनाएको छ ।

बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, न्यु बुटवल–गोरखपुरका साथै अन्य प्रसारण लाइनबारे छलफल हुनेछ । न्यु बुटबल–गोरखपुर प्रसारण लाइन बनाउनको लागि दुवै देशको लगानी र जनशक्ति सम्मिलित संस्था गठन गर्ने विषयलाई पनि यो बैठकबाट टुङ्ग्याउन पहल गरिने मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनुभएकाे छ ।

यस्तै विद्युत् व्यापार सम्झौतामा टुङ्ग्याउन बाँकी विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ । भारतसँग विद्युत् व्यापारको लागि मुख्य सम्झौता भए पनि भारतले कार्यविधि टुङ्गो लगाउन नसक्दा बर्खामा नेपालको सयौँ मेगावाट बिजुली खेर गइरहेको छ । हिउँदमा भारतबाट बिजुली ल्याउनुपर्ने भए पनि बर्खामा भने नेपालमा उत्पादित बिजुली बढी हुँदै आएको छ ।

बढी भएको बिजुली किन्नको लागि भारतले छिटै कार्यविधि बनाएर पास गर्ने आश्वासन दिए पनि अहिलेसम्म पास गरेको छैन । आज (बिहीबार) देखि सुरु भएको सचिवस्तरीय बैठकमा यो विषयको पनि टुङ्गो लगाउने प्रयास हुने मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया