सानिमा बैंक र एनसेलबीच निःशुल्क सिमकार्ड र डाटा प्याकेज उपलब्ध गराउने सम्झौता

 मंसिर २९, २०७७ सोमबार ११:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सेवाग्राहीलाई नि:शुल्क सिमकार्ड र डाटा प्याकेजकाे सुविधा दिने सम्झौता भएको छ । 

सानिमा बैंकको मोबाइल एप सानिमा (सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिमकार्डका साथै बैंकको मोबाइल एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा प्याकेज दिने सम्झौता भएको हो । 

बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडकातर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।  

सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एपको सेवा लिने बैंकका सेवाग्राहीलाई तीनसय रुपैयाँ बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिमकार्ड प्रदान गरिने छ। साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टरनेट डाटा प्राप्त गर्ने छन्।

सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। बैंकले आफ्नाे बचत खाताहरुमा बीमाको सुविधाको साथै उच्चतम ब्याज दिँदै आइरहेको छ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया