पशुपति मन्दिर आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

 पुष १, २०७७ बुधबार ६:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ । चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया