‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको सुधार देखिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको छ । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औँ स्थानमा थियो । यो वर्ष नेपालले पाँच स्थान फड्को मारेको छ ।
यूएनडीपीको प्रतिवेदन अनुसार अब नेपालको औषत आयु ७० वर्ष आठ महिना पुगेको छ । त्यस्तै, कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आय तीन हजार चार सय ५७ डलर छ । प्रतिवेदन अनुसार विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । प्रतिवेदनमा बहुआयामिक गरिबी जनसंख्यामा ३४ प्रतिशत रहेको छ । त्यस्तै, १५ वर्ष माथिको जनसंख्यामध्ये रोजगारी प्राप्तको संख्या ८२.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नेपाल कूल जनसंख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । १९.९ प्रतिशत मानिस सेवा क्षेत्रमा संलग्न रहेको देखिएको छ ।
दक्षिण एसियाली देशमा भने नेपालको स्थान छैटौँ रहेको छ । सूचकांकको सबैभन्दा अगाडि श्रीलंका रहेको छ । श्रीलंका मानव विकास सूचकांकमा ७२ औँ स्थानमा छ । त्यस्तै, माल्दिभ्स ९५, भुटान १२९, भारत १३१, बंगलादेश १३३, पाकिस्तान १५४, अफगानिस्तान १६९ औँ स्थानमा छन् । प्रतिवेदनमा जम्मा ८९ समावेश रहेका छन् । मानव विकासमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा अघि र अफगानिस्तान सबैभन्दा कमजोर देखिएको छ ।
प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०.५८७ रहेको छ भने यो अघिल्लो वर्षको तुलनामा ०.०८ अंकले बढी हो । यूएनडीपीले सन् १९९० देखि मानव विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । मानव विकास सूचकांक मापन गर्दा मुख्यतः औसत आयु, शिक्षा, प्रतिव्यक्ति कुल राष्ट्रिय आय मुख्य सूचकका रूपमा मानिन्छ । मानव विकास सूचकांकमा नेपालले पछिल्ला वर्षमा राम्रो प्रगति गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।