ह्वात्तै बढ्यो चिसो : काठमाण्डौको तापक्रम २ दशमलव ३ डिग्रीमा झर्‍याे, तराईमा हुस्सु

 पुष २, २०७७ बिहीबार ७:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुस लागेसँगै देशभर चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।

जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।

अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया