उखुको उत्पादन घट्दै : उखु बेचेको रकम उठाउन बर्सेनि आन्दोलन गर्नुपर्ने बाध्यता

 पुष २, २०७७ बिहीबार ८:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्ला वर्ष उखुको उत्पादन घट्दै गएको छ । उखुको मूल्य निर्धारण, कटान चलान र भुक्तानीको झमेला व्यहोर्नुपरेपछि उखुखेती र उत्पादन घट्दै गएको हो ।

उखु रोप्ने बेला किसानलाई बिउ पाउन हम्मे हम्मे पर्छ । किसानले उचित मुल्य नपाउने र चिनी मिलले बेलैमा भुक्तानी पनि नदिने गर्दा किसान मारमा पर्ने गरेका छन् । गत वर्ष झण्डै ६५ लाख क्विन्टल उखु कम उत्पादन भयो । गत वर्ष एक करोड ४० लाख क्विन्टल उखु क्रसिङ भएको थियो । त्यसभन्दा अघिल्लो वर्ष दुई करोड आठ लाख क्विन्टल उखु क्रसिङ भएको राष्ट्रिय उखु उत्पादक महासंघको तथ्याङक छ ।

उखुको उत्पादन घटेपछि चिनी उत्पादनमा पनि असर पुग्छ । स्वदेशी उद्योगले दुई लाख २० हजार टनसम्म चिनी उत्पादन गर्दै आएका छन् । तर चिनीको माग दुई लाख ५० हजार टन छ । नगदेबाली उखुको तराईमा धेरै खेती हुन्छ । तर उखु खेतीमा समस्या नै समस्या खेप्नुपर्ने बाध्यता छ । अहिले उखु किसान आन्दोलनमा छन् ।

चिनी उद्योगीसँग बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरुले काठमाण्डौमा आन्दोलन गर्दै आएका हुन् । सङ्घर्ष समितिले राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुल उपर गर्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरेको छ ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका संयोजक राकेश मिश्रले सरकारले आफै भुक्तानी दिनुपर्ने मुख्य माग रहेको बताउनुभयो । उद्योग मन्त्रालयले उखु किसानले उठाएका विषय सम्बोधन गर्न तयार रहेको जनाएको छ । मन्त्रालयका सहसचिव नारायण रेग्मीले उखु किसानका समस्या तत्काल समाधान गर्न तयार रहेको र त्यसका लागि छलफलमा बोलाएको बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया