बालुवाटार पुगेर प्रचण्डको आग्रहपछि संवैधानिक परिषद् बैठक स्थगित

 पुष २, २०७७ बिहीबार १६:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश फिर्ता नहुँदै बैठक बस्न नमिल्ने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर आग्रह गर्नु भएपछि बैठक स्थगित भएको हो । अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर बैठक स्थगित गर्न आग्रह गरेर फर्कनुभएको र त्यसपछि ओलीले बैठक स्थगित गर्नुभएको स्रोतले जनाएको छ ।

अध्यादेश फिर्ता नहुँदै सहमति उल्लङ्घन गर्दै ओलीले बैठक आह्वान गरेको भन्दै नेकपाका नेताहरू असन्तुष्ट बनेका छन् । ओली अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन ।

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकले समेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपति कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन । अध्यादेश फिर्ता गर्नेबारे कार्यालयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया