आधुनिक भाँडाको प्रयोग बढे पनि भक्तपुरमा परम्परागत भाँडा खोज्न...
असार १७, २०८१ सोमबार
काठमाण्डाै - नेपाली सेफ सन्तोष साहले नेपाली खानालाई विश्वसामु पुर्याउन पाउँदा खुशी लागेको बताउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको उत्कृष्ट तीन हुनु भएका उहाँले आफूले उपाधि जित्न नसके पनि आफ्नो सपना पूरा भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा साहले नेपाली खाना विश्वसामु पुर्याउने आफ्नो सपना साकार भएको लेख्नु भएको छ । प्रतिस्पर्धाको यो यात्रा लामो र अविस्मरणीय भएको उहाँले उल्लेख गर्नु भएको छ । यस्तै, उहाँले आफूलाई साथ, सहयोग र माया गरेकोमा धन्यवाद दिनु भएको छ ।
मास्टरसेफ यूकेको उपाधि नजिते पनि उहाँले फाइनलसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पुर्याउन सफल हुनुभयो । आफ्नो जित नभए पनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको उहाँको भनाइ छ । साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताउनु भएको छ ।
३५ वर्षका साहले भन्नु भएको छ : ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु ।’ प्रतियोगिताका हरेक चरणमा सन्तोष साहले नेपाली खाना नै पस्किरहनु भयो । विश्वमै लोकप्रिय बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष सम्भवतः पहिलो नेपाली हुनुहुन्छ ।
सिरहाको कर्जन्हाका साह एसएलसी (एसईई) अनुत्तीर्ण भएपछि १५ वर्षको उमेरमा भारत पस्नु भएको थियो । भाँडा माझ्ने कामबाट भान्छाको काम सुरु गरेका उहाँपछि पाँच तारे होटलको एक्जुकेटिभ सेफ समेत बन्नुभयो ।भारतबाट बेलायत गएपछि उहाँले त्यहाँ प्रतिष्ठित भारतीय रेस्टुरेन्ट तथा होटलमा हेड सेफ भएर काम गर्नु भएको थियो ।
सानैमा बुबा गुमाएका सन्तोषले आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँदै आउनु भएको छ । बीबीसी मास्टरसेफ यूकेको बिजेता बेलायतका २५ वर्षका एलेक्स वेब हुनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।