दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
कञ्चनपुर - कारोना सङ्क्रमण बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द हुने भएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीबार दिउँसो बसेको नगरपालिकाको आपतकालीन बैठकले पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
विद्युत प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकामा रहेका किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ । दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन् ।
अति-आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासु अण्डालगायतका सामान ओहोर-दोहोर पूर्णरूपमा बन्द गरिएको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो ।
नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।