गाडीको चाप व्यवस्थापन गर्न काठमाण्डौ उपत्यकामा १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

 पुष ४, २०७७ शनिबार ८:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले १४ सय ७४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ । सबैजसो गाडी चल्न थालेपछि अनुगमन र कारबाहीकाे प्रक्रियालाई पनि बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

गाडीको चाप बढेसँगै दुर्घटनामा समेत बढ्न सक्ने भएकाले सर्तकता बढाएको पनि एसएसपी भट्टराईले बताउनुभयो ।
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया