४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमन रोके, कोरोनाको नयाँ प्रकारप्रति अन्तर्राष्ट्रिय चिन्ता

 पुस ७, २०७७ मंगलबार ८:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ  ।

अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । बेलायत र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ ।

डब्ल्यूएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताउनु भएको छ । यस्तै, युरोपेली सङ्घले संकट समाधानमा साझा नीति बनाउन वार्ता गरिरहेको छ ।

संघमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा छन् । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया