ओमानले सबै अन्तर्राष्ट्रिय उडान एक हप्ताका लागि रोक्यो

 पुष ७, २०७७ मंगलबार १५:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीको श्रम गन्तव्य ओमानले पनि एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

कोरोना भाइरसको पछिल्लो अवस्थालाई मध्येनजर गर्दै आज मंगलबारदेखि आउँदो मंगलबार अर्थात पुस १४ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । एक हप्तापछि भाइरस सङ्क्रमणको अवस्थालाई हेरेर निर्णय लिने त्यहाँको सर्वोच्च कमिटीले जनाएको छ । 

जसका कारण ओमान नेपाल र नेपालबाट ओमान जाने तयारीमा रहेका नेपालीहरुको यात्रा प्रभावित हुन सक्नेछ । पछिल्लो समय विभिन्न अन्य देशले पनि कोरोना सङ्क्रमण नियन्त्रणका लागि यस्तै नीति लिइरहेकाले त्यही अनुसार नै आफ्नो योजना तय गर्न ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडीकै अर्को देश साउदीले पनि हिजोदेखि कोरोना महामारी रोकथामका लागि भन्दै एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान रोकेको छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया