आन्दोलनरत उखु किसानले आफ्नो धारणा सरकारलाई पठाउँदै

 पुष ९, २०७७ बिहीबार १२:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आन्दोलनरत उखु किसानले सहमतिको लागि सरकारलाई आफ्नो धारणा पठाउने भएका छन् ।

उखुको बक्यौता रकम माग गर्दै १२ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानले उद्योग मन्त्रालयलाई आफ्नो धारणा पठाउने भएका हुन् । भुक्तानीको सुनिश्चिततासहित सरकारले सहमतिको लागि बोलाए वार्तामा जाने उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले बताउनुभएको छ ।

आजै दिउँसो मन्त्रालयलाई आफूहरुको धारणा पठाउने र सरकारको जवाफ कस्तो आउँछ त्यहीअनुसार आन्दोलनलाई अघि बढाउने पनि उहाँले बताउनुभयो । भुक्तानी सुनिश्चितताका लागि किसानहरुले अहिले धारणा तय गर्दैछन् । पछिल्लो राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन छायामा परेको छ ।

यसअघि २०७६ पुस १८ गते उखु किसानसँग भुक्तानी दिने सहमति गरे पनि एक वर्ष बितिसक्दा समेत किसानले अझै उखुको पैसा पाएका छैनन् । आन्दोलनरत किसानले यसअघि राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित  असुल उपर गर्न सरकारलाई आग्रह गरेका थिए ।

 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया