काठमाण्डौको थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने

 पुष ९, २०७७ बिहीबार १३:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ ।

थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो । विद्यालय भवन निर्माणका लागि भारत सरकारले झण्डै ३५ करोड रुपैयाँ विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर अशोक अधिकारीले जानकारी दिनुभयो ।

सबै सुविधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ । भवनका लागि टेन्डर मूल्याङ्कनको काम सकिएको छ । भारतीय दूतावासले स्वीकृति दिइसकेपछि भवन निर्माणको काम अगाडि बढ्ने उहाँको भनाइ छ । नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरणमार्फत् रकम आएको हो ।

टेन्डर मूल्याङ्कनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताउनुभयो । नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुविधा हुनेछ । चीनले जसरी दरबार स्कुल बनाएको त्यसैअनुसार भवन बन्ने पनि अधिकारी जानकारी दिनुभयो ।

यो भारतीय सहयोगको सबैभन्दा ठूलो स्कुल हुनेछ । विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले लिफ्टसहितको आधुनिक भवन निर्माण हुन लागेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया