मन्त्रालयले उखु किसानसँग माग्यो २१ दिनको समय, किसानले भुक्तानीको ‘ग्यारेण्टी’ मागे

 पुस ९, २०७७ बिहिबार १८:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको भुक्तानीका लागि २१ दिनको समय मागेको छ । मन्त्रालयले चिनी उद्योगीसँग सम्पर्क भइरहेको र किसानले पाउनुपर्ने भुक्तानीको तथ्याङ्क सङ्कलन भइरहेकाले २१ दिनको समय दिएर आन्दोलन स्थगित गर्न आग्रह गरेको छ ।

तर उखु बेचेको पैसा भुक्तानीको माग गर्दै १२ दिनदेखि विभिन्न जिल्लाबाट काठमाण्डौको माइतीघरमा आएर आन्दोलन गरिरहेका किसानले भने पैसाको ग्यारेण्टी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।

आफूहरुले मन्त्रालयलाई १५ दिनको समय दिन सक्ने र १५ दिनभित्र पनि पैसा नपाएमा १६ औँ दिन मन्त्रालयले नै भुक्तानी दिने ग्यारेण्टी भएमा मात्रै आन्दोलन स्थगित गर्ने उनीहरुको माग छ ।

१५ दिनभित्र उद्योगीले पैसा नदिएमा १६ औँ दिन मन्त्रालयले पैसा दिनेछ भनेर लिखित हस्ताक्षरसहित मन्त्रालयले आफूहरुलाई ग्यारेण्टी दिनुपर्ने उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।

आफूहरुले दिएको १५ दिनभित्र मन्त्रालय र उद्योगीले कुन किसानलाई कति पैसा दिन बाँकी छ भनेर प्रमाणसहितको विवरण बुझाउनुपर्ने पनि किसानको माग रहेको छ ।

यसअघि पोहोर पुस १८ गते मन्त्रालयले माघको ७ गतेभित्र उखु किसानले पैसा पाउने गरी उद्योगीसँग सम्झौता गराए पनि किसानले अहिलेसम्म पैसा पाएका छैनन् ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया