बक्यौता नपाउँदै उखु किसानकाे हृदयघातबाट ज्यान गयाे

 पुष १४, २०७७ मंगलबार १८:३२:२९ | रासस
unn.prixa.net

काठमाण्डाै - सर्लाही रामनगर-७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे ज्यान गएकाे छ । 

सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार रुपैयाँ आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै ज्यान गएकाले आज वितरण गर्ने भनिएको पाँच करोड रुपैयाँ दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो । 

सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता  देखिएका  किसानका ६५ करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कुल बक्यौता ९५ करोड रुपैयाँ रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ । 

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताउनुभयो । गएकाे मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता  भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाण्डौको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । 

यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भएर ज्यान गएको थियो । सरकारले  उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।  

 ३३ करोड रुपैयाँ बक्यौता भुक्तानी

उखु किसानको आन्दोलन सुरु भएपछि तीन चिनी मिलले ३३ करोड रुपैयाँ बक्यौता  भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी सुरु गरिसकेका छन् । उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले २६ करोड ११ लाख रुपैयाँ, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । 

सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् ।  मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको ३५ करोड, लुम्बिनी सुगर मिलको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको सत्र करोड रुपैयाँ बक्यौता  छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • देवराज नेपाल

    Dec. 29, 2020, 7:24 p.m.

    धेरै नै दुःखद खबर। हजुरको आत्माले शान्ति पाओस्।यो देश मा जन्मनु नै किसान हरुलाई अभिशाप भयो।उखु मिल मालिक र के पी ओली सरकार मुर्दाबाद।

  •  0 Reply

तपाईको प्रतिक्रिया