लमजुङमा गोरु जुधाइ : हेर्नेको घुइँचो ! (फोटो–फिचर)

 पुस १५, २०७७ बुधबार १६:५४:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुख–सुविधाका लागि गाउँबाट शहर जानेको संख्या बढ्दो छ । समयको परिवर्तनसँगै खेतीपातीका लागि नवीनतम् प्रविधिको विकास भएकाे छ । याेसँगै हल गोरु पाल्ने क्रम पनि विस्तारै घट्दै छ । 

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने किसानको संख्या घट्दै गएकाले गोरु पालनमा किसानको आकर्षण बढाउने उद्धेश्यले लमजुङमा ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको छ । लमजुङको राइनास नगरपालिका–८, मा रहेको भेटघाट चोक रयलेफाँटमा बुधबार ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको हो ।

गोरु पालनमा किसानको आकर्षण बढाउने उद्देश्यले राइनास नगरपालिकाको सहयोगमा गाेरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता आयोजक संस्था गोरु पालक किसान समूह, राइनासका अध्यक्ष जगदीशराज पाण्डेले बताउनुभयो । ‘यस कार्यक्रमलाई अब बर्सेनि व्यवस्थित रुपमा मनाइने छ,’ उहाँले भन्नुभयो । 

घर–गाउँमै पहिलोपटक गोरु जुधाइ हेर्न पाउँदा रमाइलो अनुभूति भएको स्थानीय सुरेश रानाभाटले बताउनुभयो । गोरु जुधाइ कार्यक्रमले गोरु पालनमा लाग्न किसानलाई प्रेरणा मिलेको र यसलाई आफूहरुले उत्सवको रुपमा लिइएको अर्का स्थानीय दिनेशचन्द्र घिमिरेले बताउनुभयो ।

पन्ध्र पुसको अवसरमा सञ्चालन गरिएको गोरु जुधाइ हेर्न आउने दर्शकको भीड लागेको थियो । लमजुङको राइनास नगरपालिकाका साथै सुन्दरबजार नगरपालिका, तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट मानिसहरु गोरु जुधाइ हेर्न आएका थिए ।

गोरु जुधाइ प्रतियोगितामा स्थानीय १० जना किसानले गोरु ल्याएका थिए । प्रतियोगितामा अच्युत जोशीको गोरु प्रथम, विष्णुबहादुर नेपालीको गोरु दाेस्राे, शंकर पाण्डेकोको गोरु तेस्राे र रामकृष्ण ओलियाको गोरु सान्त्वना भएको प्रतियोगिता मूल्यांकन समितिका संयोजक दुर्गाभक्त धमलाले जानकारी दिनुभयो ।

प्रतियोगिताका पहिलाे, दाेस्राे, तेस्राे  र सान्त्वना भएका सम्बन्धित गोरुपालक किसानलाई पुरस्कारस्वरुप नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया