जाजरकोटमा प्रदेशसभा सदस्यको गाडीमा आगजनी

 पुस १७, २०७७ शुक्रबार ९:५२:२४ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटमा नचिनेको मान्छेको समूहले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको गाडी जलाएको छ ।

कर्णाली प्रदेश  ००१ झ ००४० नम्बरको गाडीमा गएराति आगजनी भएको हो । सिंह जाजरकोटमा प्रदेश सरकार मातहतका योजनाहरुको अनुगमन गर्न गएको बेला भेरी नगरपालिका पुन्मामा गाडी जलेको अवस्थामा भेटिएको जाजरकोट प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया