भारतमा बाढी : ६० जनाभन्दा बढीको मृत्यु

 साउन ३१, २०७५ बिहिबार ८:२५:२ | एजेन्सी
unn.prixa.net

भारतको केरलामा बाढीका कारण ६० जना भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाढीका कारण २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

अहिले राहत र उद्दारको काम भइरहेको  छ । यो राज्यमा गएको १०–१२ दिनदेखि लगातार रुपमा पानी परिरहेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण त्यहाँको धेरैजसो उडान समेत बन्द भएका छन् । 

अहिलेसम्म त्यस क्षेत्रमा यस्तो स्थिति नआएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिषण वर्षासँगै आएको बाढीका कारण केलराका स्कुल तथा कलेज आजका लागि बन्द गरिएको छ ।  


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया