नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

 पुस १९, २०७७ आइतबार १३:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूकाे साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूकाे रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया